इलाम । इटहरीमा १५ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगताको उद्धघाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी) बिच प्रतिस्पर्धा हुँदैछ । इटहरी रङ्गशालामा भोलीबाट सुरु हुने प्रतियोगिता विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा साबिक विजेता चर्ज बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), झापा–११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारत, दुई पटकको च्याम्पियन सगरमाथा यूथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता रहने छ । प्रतियोगिता सम्पन्न गर्न ८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।