Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा मृगौला विषेशज्ञको उपचार सेवाको माग

इलाममा मृगौला विषेशज्ञको उपचार सेवाको माग

  • सन्देश सम्बाददाता
  • बुधबार, माघ ३० २०८१


इलाममा मृगौला विषेशज्ञको उपचार सेवाको माग

इलाम ।  मृगौला पूर्ण रुपमा बिग्रिएर काम गर्न छोडेपछि होमोडायोलाइसिस सेवा लिँदै आएका बिरामीहरुले इलाममा मृगौला विषेशज्ञको उपचार सेवाको माग गरेका छन् । २०८० फागुन १ बाट पूर्णरुपमा सचिकृत भई इलाममा होमोडायोलाइसिस सेवा संचालन आएपनि बिशेषज्ञ डाक्टरको अभाव रहेको छ ।
मृगौला पूर्ण रुपमा बिग्रिएर काम गर्न छोडेपछि बिरामीहरुलाई होमोडायोलाइसिस सेवा दिइन्छ । होमोडाइलसि सेवा जिल्ला अस्पताल इलाममा संचालीत छ । होमोडाइलसि सेवा लिने बिरामीको संख्या पनि जिल्ला अस्पताल इलाममा बढ्दै गएको छ ।
दाताबाट मृगौला लिई ट्रान्सप्लान्ट गर्न नसक्ने बिरामीहरुलाई सेवा दिनका लागि होमोडायोलाइसिस सेवा संचालनमा आएको हो । तर होमोडायोलाइसिस सेवा हुँदै आएपनि इलाममा मृगौला बिषेशज्ञको अभाव छ । मृगौलाको डाइलासिस गर्दै आएका बिरामीहरुले मृगौलाको बिषेशज्ञको माग गरेका छन् ।
जिल्ला अस्पताल इलाममा होमोडायोलाइसिस सेवा २०७९ असार १६ बाट संचालनमा आएको थियो । इलाम नगरपालिका र रोेटरी क्लब अफ धरानको आर्थिक र प्राविधिक सहयोगमा ३ वटा डाइलसिस मेसिन प्राप्त भएको थियो । त्यस्तै स्वास्थ्य सेवा विभाग आपूर्ती माहाशाखाबाट २ वटा मेसिन हस्तान्तरण भएपछि ५ वटा मेसिनबाट एकसाथ सेवा संचालित छ ।
२०८० फागुन १ बाट पूर्णरुपमा सचिकृत भई होमोडायोलाइसिस सेवा संचालनमा आएको हो । सेवा संचालन भएपछि इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाका मृगौला बिरामीहरुलाई सेवा लिन सहज भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा १४ जना पुरुष र ६ जना महिला सहित २० जनाले नियमित सेवा दिएका छन् ।
होमोडाइलसि सेवा लिँदै आएको बिरामीहरुको स्वास्थ्यमा समस्या भएमा मृगौला बिषेशज्ञको उपचार सेवा नभएकाले बिरामीले बिषेशज्ञ डाक्टरको माग गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार