माई । नेकपा माओवादी केन्द्र माई नगरपालिका अध्यक्षमा भक्त बहादुर लुङ्गेली निर्वाचित भएका छन् । सोमबार माई नगरपालिका–८ कलकत्तेमा भएको तेश्रो नगर सम्मेलनबाट लुङ्गेलीको अध्यक्षतामा ३७ सदस्यीय नगर कार्य समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा चक्र कटुवाल, रञ्जना थापा र दीपेन्द्र दास राई रहेका छन् । सचिवमा मदन लोक्ताम, सहसचिव लक्षमण आले र कोषाध्यक्ष राजु लोक्ताम रहेका छन् । सदस्यहरुमा विनोद नेम्बाङ, वुद्धिमान चेम्जोङ, दीपक साम्पाङ, जङ्ग बहादुर बस्नेत, देवीप्रसाद आचार्य, निलहरि चम्लागाँई, टुकेन्द्र राई, आनन्द राई, किशोर गुरुङ , गणेश भारती र बल बहादुर लिम्बू रहेका छन् ।

अन्य सदस्यहरुमा दुर्गालाल राई, रीतामाया तामाङ, मदन राई, भेषराज लिम्बू, बुद्धमाया लिम्बू, सुवास नेम्बाङ, धर्म चिमरिया, दिलिप भण्डारी, महेन्द्र राई, मुकुन्द आचार्य, सोम बहादुर बस्नेत, लछुमन राई, राजकुमारी तामाङ, यसोदा गिरी, कल्पना राई, अम्बिका बानिया, मनिता चेम्जोङ, मोहन घिमिरे, र अमर रामदाम रहेका छन् ।
सम्मेलन आयोजक समितिका अध्यक्ष भक्त बहादुर लुङ्गेलीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम पूर्व पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, जिल्ला संयोजक बिजय खम्बु, अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख हरि कुमार राना, एमाले जिल्ला कमिटि सदस्य रामप्रसाद सोदेम्बाले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष चक्र कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव मदन लोक्तामले संचालन गरेका थिए । कार्यक्रमको अवसरमा सहिद परिवारका सदस्यहरुलाई सम्मान गरेका थिए । साथै नेकपा एमाले, नेपाली कांग्रेस लगायतका विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा १ सय जना ध्रुविकृत भएका छन् । उनीहरुलाई प्रमुख अतिथि किरातीले खदा र अविर लगाएर पार्टीमा स्वागत गरे ।