Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

इलाममा कुटपिटबाट एक जनाको मृत्यु

इलाममा कुटपिटबाट एक जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २६ २०८१


इलाममा कुटपिटबाट एक जनाको मृत्यु

इलाम– इलाममा कुुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए ।

उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो । तर, शुक्रबार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदैथियो ।

काम गरेर फर्किंदैगर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए । कुटपिट गर्ने व्यक्ति फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार