इलाम । प्रेस चौतारी नेपाल इलाम शाखाले २७ औ स्थापना दिवस मनाएको छ । इलाम चोक बजारमा दिपप्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो ।
प्रेस चौतारी इलामका अध्यक्ष मनोज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भिम चापागाई, प्रेस चौतारी इलामका पुर्व अध्यक्ष प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष विप्लव भट्टराई, प्रेस सेन्टर नेपाल इलामका अध्यक्ष नमिन ढकालले शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस चौतारी इलामका उपाध्यक्ष योगेन्द्र शंकरले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव ख्यामराज ढकालले संचालन गरेका थिए ।