Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

‘नो केबुलकार समूह’ ले पनि बनायो सरकारसँग वार्ता गर्न समिति

‘नो केबुलकार समूह’ ले पनि बनायो सरकारसँग वार्ता गर्न समिति

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २१ २०८१


‘नो केबुलकार समूह’ ले पनि बनायो सरकारसँग वार्ता गर्न समिति

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । नो केबुलकार समूहले सरकारसँग वार्ता गर्न प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।

वार्ता समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य छन् । उक्त समूहले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनबारे जानकारी गराएको हो । सरकारले केबुलकार निर्माण गर्ने क्रमममा उत्पन्न विवाद समाधान गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।

सोमबार काठमाडौंको माइतीघरमा विभिन्न प्लेकार्डसहित केबुलकार विरोधी समूहले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार