Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

विद्यालयमा सरस्वतीको मन्दिर स्थापना

विद्यालयमा सरस्वतीको मन्दिर स्थापना

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २० २०८१


विद्यालयमा सरस्वतीको मन्दिर स्थापना

रोङ  : इलामको रोङ गाउँपालिका–६ स्थित सरस्वती माध्यामिक विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरि एको छ । बिद्यालयले २०८१ सालको दीपावली पर्वमा सञ्चालन गरेको देउसी दानबाट सकलित १ लाख १ हजार ७ सय र दाताहरुको सहयोग करिव ३ लाख नगद र ५३ हजार वराबरको जिन्सी सहयोगमा मन्दिर स्थापना गरिएको हो ।

माघ १७ र १८ गते वैदिक बिधिअनुसार सरस्वती माताको मुर्ति स्थापना गरि प्राण प्रतिस्ठा गरिएको प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिए । मसिर ६ गते रोङ गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासले शिलन्यास गरेको मन्दिरको लागि लागत साझेदारीमा रोङ गाउँपालिकाले ६० हजार सहयोग गर्ने भएको छ ।

मन्दिरको उद्घाघाटन आगामी माघ २१ गते सरस्वती पुजाकै दिन गरिने बिध्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार