Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

तराईमा हुस्सु, कुन प्रदेश कस्तो रहला मौसम ?

तराईमा हुस्सु, कुन प्रदेश कस्तो रहला मौसम ?

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ १९ २०८१


तराईमा हुस्सु, कुन प्रदेश कस्तो रहला मौसम ?

इलाम ।  आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकामा हुस्सु तथा कुहिरो लागेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार