Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

भाजीमानडाँडामा मनाइयो सोनाम ल्होछार, ९४ वर्षका जेष्ठ टिकाराम तामाङलाई सम्मान

भाजीमानडाँडामा मनाइयो सोनाम ल्होछार, ९४ वर्षका जेष्ठ टिकाराम तामाङलाई सम्मान

  • युद्धबहादुर बोहोरा
  • शुक्रबार, माघ १८ २०८१


भाजीमानडाँडामा मनाइयो सोनाम ल्होछार, ९४ वर्षका जेष्ठ टिकाराम तामाङलाई सम्मान

इलामः तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार ‘मञ्जुश्री सम्वत २८६१ विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने प्रचलन रहेको छ ।

इलामको फाकफोकथुम २ धार्नेखोपस्थित भाजीमानडाँडामा स्थानीयहरुको उपस्थितिमा भव्यताका साथ पर्व मनाइएको हो । तामाङ समुदायको बाहुल्यता रहेको यस स्थानमा फाकफोकथुम सकृय तामाङ घ्यूलको आयोजनामा ल्होछार मनाइएको आयोजक संस्थाका अध्यक्ष खड्ग लामाले जानकारी दिए ।

२ नम्बर वडाका अध्यक्ष याम बहादुर पौडेल खत्रीको प्रमुख आतिथ्य, सदस्य डम्बर बहादुर निरौलाको विशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय धर्मगुरु याम तामाङले स्वागत मन्तव्यसहित यस पर्वको महत्व बारे प्रकाश पारेका थिए ।

प्रमुख अतिथि,अतिथि,संघस्थाका प्रतिनिधी,स्थानीय समाजसेवीहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसै अवसरमा यस ठाउँका तामाङ समुदायका सवैभन्दा जेष्ठ अभिभावक ९४ वर्षका टिकाराम तामाङलाई सुस्वास्थ्य,दिर्घायु र चिरन्जीवीको कामनासहित कदरपत्रद्वारा प्रमुख अतिथिको हातबाट सम्मान गरिएको छ ।

सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य डम्फू सेलो प्रस्तुत गरिएको यस कार्यक्रमा सहभागीहरुलाई सम्मान समेत गरिएको छ । विगत केही वर्षदेखि नै यस स्थानमा हरेक साल पर्व मनाइदै आएको तर हालसम्म कुनै गुम्वा वा कार्यक्रम स्थल निर्माण नभएको हुँदा खुल्ला डाँडामा कार्यक्रम गर्नु परेको स्थानीयबासीको दुखेसो छ ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार