Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा माओवादी केन्द्र फाकफाेकथुम अध्यक्षमा राई

नेकपा माओवादी केन्द्र फाकफाेकथुम अध्यक्षमा राई

  • लिला बहादुर लिम्बू
  • बिहिबार, माघ १७ २०८१


नेकपा माओवादी केन्द्र फाकफाेकथुम अध्यक्षमा राई

फाकफाेकथुम । नेकपा माओवादी केन्द्र फाकफाेकथुमकाे अध्यक्षमा प्रकाश राई निर्वाचित भएका छन् । दाेश्राे पालिका अधिवेशनले राईकाे नेतृत्वमा २७ सदस्यीय समिति निर्वाचित गरेकाे हाे । अध्यक्ष बाहेक अन्य पद सर्वसम्मत भएकाे थियाे ।

राईले पुर्व बरिष्ठ उपाध्यक्ष लक्ष्मण घतानीलाई हराएका हुन् । बरिष्ठ उपाध्यक्ष केदार खनाल, उपाध्यक्ष अरुण दर्लामी, भुपाल चवेगु लिम्बु सचिव हेमकर्ण निरौला सहसचिव  चक्र बहादुर खड्का, कोषाध्यक्ष बुद्ध माया तामाङ रहेका छन् ।

सदस्यहरू छत्र दर्लामी मगर,जगत बहादुर राई,चुन बहादुर दाहाल, याम प्रसाद अधिकारी,गोमा देवी बोहोरा,बिनोद खड्का,मन कुमारी धमला, घनश्याम लामिछाने रहेका छन् ।

अन्य सदस्यमा मिन प्रसाद राई,पदम बाग्दाष, चन्द्र बहादुर गजमेर, बिष्णु माया थापा,दिलिप राई , भुपेन्द्र पौडेल, डिल्ली गुरुङ,पुर्ण बहादुर राई,शेर बहादुर लिम्बु र प्रकृति परियार सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्र फाकफोकथुम अध्यक्ष केवि बान्तवाको अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज धिरेन शर्मा रमणकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । प्रदेश सचिवालय सदस्य तथा इलाम सह-इन्चार्ज कान्छा लाओती, इलाम जिल्ला संयोजक विजय खम्बु, प्रदेश सचिवालय सदस्य ओम गुरूङ साैरभकाे बिशेष आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा प्रदेश सदस्य एवम माङसेबुङ-३ का वडाध्यक्ष जनम खम्बु, प्रदेश सदस्य प्रकाश परियार, प्रेस सेन्टर पाँचथर अध्यक्ष युद्ध बहादुर बाेहाेरा, वाइसीएल प्रदेश सदस्य भुपाल लिम्बू, सन्तोष लिम्बू, निर्वाचन समिति सदस्य सरिता राई, शेर बहादुर पाण्डेकाे आतिथ्यता रहेको थियाे ।

लक्षमण घतानीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रम सचिव प्रकाश राईले संचालन गरेका थिए । त्यसैगरी नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्र मा प्रवेश गर्ने दुइ जना सेखर लामिछाने र डम्बर बस्नेलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज धिरेन शर्मा र प्रदेश सचिवालय सदस्य तथा इलाम सइन्चार्ज कान्छा लाओतीले  अबिर दलेर स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार