Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पूर्वमा थपिए इलामको एक महिलासहित १७ जना एन्फा रेफ्री

पूर्वमा थपिए इलामको एक महिलासहित १७ जना एन्फा रेफ्री

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ १७ २०८१


पूर्वमा थपिए इलामको एक महिलासहित १७ जना एन्फा रेफ्री

झापा । इलामका ६ जना सहित १७ जना एन्फा रेफ्रीका लागि ब्याच पाएका छन् । झापाको झिलझिलेमा भएको फोर्थ क्याटोगोरी रेफ्री कोर्सबाट उत्तीर्ण भएका १७ जनालाई एन्फा रेफ्रीको ब्याच वितरण गरिएको हो । झापा जिल्ला फुटबल संघको आयोजना तथा एन्फाका प्राविधिक टोलीको प्रशिक्षणबाट इलामकी एक महिलासहित १७ जनाले मापदण्डअनुरुप एन्फा रेफ्रीको कोर्ष पूरा गरेका हुन् ।

एन्फा रेफ्री क्याटोगोरी २०२५ मा सफल हुनेमा इलाम जिल्लाका अनिषा राई, रिकेश गुरुङ, विशाल तामाङ, श्यामकुमार जबेगु, दिपेश राई र मिलन राई रहेका छन् । यसैगरी, झापा र ताप्लेजुङका ३(३ तथा धनकुटा र संखुवासभाका २(२ जनाले एन्फा रेफ्री ब्याच पाएका छन् ।

झापा जिल्लाबाट अनिष राई, युनिश पौडेल र वियोग बोहोरा रहेका छन् । यस्तै, ताप्लेजुङका उदिपहाङ लिम्बू, आदित्या लिम्बू र सन्तकुमार लिम्बु रहेका छन् भने धनकुटाका कुसुम थुलुङ राई र भुवन मगर तथा संखुवासभाका दिपेश गुरुङ र अनिल जिमी रहेका छन् ।

तेह्रथुमका एकजना मात्र रोशन लिम्बूले एन्फा रेफ्रीमा नाम निकालेका छन् । फोर्थ क्याटोगोरी रेफ्री कोर्ष पास गरेकामध्ये धनकुटाका भुवन मगर टप्पर बनेका छन् । उनीसँगै ६ जिल्लाका १७ जनाले फिटनेस र लिखितमा नाम निकालेर एन्फा रेफ्री २०२५ को ब्याच प्राप्त गरे ।

संघका महाचिव शेरबहादुर बस्नेतको सञ्चालन तथा अध्यक्ष भगिरथ आले ९मामा०को अध्यक्षतमा भएको तालिम समापन समोरहकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, एन्फाका प्रशिक्षकहरु सैलेश कार्की, सचिन आमात्य, मधुसुदन खनाल, रोजन श्रेष्ठ र झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष श्याम दनुवारलगायतले प्रमाणपत्र तथा रेफ्री ब्याच वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार