Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

गोलका साथ अनुले लिइन् घरेलु फुटबलबाट सन्यास

गोलका साथ अनुले लिइन् घरेलु फुटबलबाट सन्यास

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १६ २०८१


गोलका साथ अनुले लिइन् घरेलु फुटबलबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छन्। करिब ६ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन्।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फा राष्ट्रिय महिला लिगको फाइनल लगत्तै उनले सन्यासको घोषणा गरिन् । अनु खेलको ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थान लिँदै मैदान प्रवेश गरेकी थिइन् । फाइलनमा एपिएफले पुलिसविरुद्ध ४-० को सहज जित दर्ता अनुको नाममा एक गोल रह्यो ।

फाइनल पछि उनलाई एपिएफका खेलाडीले ‘गार्ड अफ द अनर’ सम्मान प्रदान गरेका थिए । सन् २०१० मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोल छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार