Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अखिल (क्रान्तिकारी) को उपमहासचिवमा सर्वाधिक मत ल्याउँदै इलामका विपिन पोख्रेल बिजयी

अखिल (क्रान्तिकारी) को उपमहासचिवमा सर्वाधिक मत ल्याउँदै इलामका विपिन पोख्रेल बिजयी

  • राजेश राई
  • बुधबार, माघ १६ २०८१


अखिल (क्रान्तिकारी) को उपमहासचिवमा सर्वाधिक मत ल्याउँदै इलामका विपिन पोख्रेल बिजयी

इलाम। अखिल (क्रान्तिकारी) को उपमहासचिवमा इलामका विपिन पोख्रेल निर्वाचित भएका छन् । उनले ८३१ मत ल्याएका छन् । कोशी प्रदेशबाट उपमहासचिव पदमा उम्मेदवार बनेका पोख्रेलले ९ जना मध्ये सर्वाधिक मत ल्याएका छन् । मधेशबाट गजेन्द्र यादवले ४०७ मत ल्याएर विजयी भएका छन् ।

बागमतीबाट निर्मला गौतमले ८०३ मत ल्याएर विजयी भएकी छिन् । यसैगरी गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत ल्याएर जितेका छन् ।

उपत्यका विशेषबाट निरोज श्रेष्ठ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् । सूर्योदय नगरपालिका–१४ का पोख्रेल १० वर्षयता विद्यार्थी राजनीतिमा सक्रिय छन् । पोख्रेलले त्रि–चन्द्र क्याम्पसबाट आफ्नो विद्यार्थी राजनीति गरेका थिए ।

उनी अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसको सहसचिव, इलाम जिल्ला सदस्य, उपाध्यक्ष र अध्यक्ष पनि भए । उनी माओवादी र एमालेको पार्टी एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा विद्यार्थीको जिल्ला सह-संयोजक बने । उनी अहिले अखिल (क्रान्तिकारी) को जिल्ला इन्चार्ज छन् ।

निरोश श्रेष्ठ र विपिन पोखरेल बाहेक सबै शर्मा पक्षका हुन् । महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो विजयप्रकाश सापकोटा पक्षधरका उम्मेदवार हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ । १२ वटा सचिवमध्ये यसअघि शर्मा निकट वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भएका थिए । कोषाध्यक्षमा फुलमाया राना खुशी विजयी भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार