इलाम । लिम्बुनी ठुली स्मृति कप–२०८१ को उद्धघाटन खेलमा रेडहर्स एफसी इलामले बुट्टाबारी एफसीसंग प्रतिस्पर्धा गर्दैछ । च्यारिटी युथ क्लब खुदुनाबारीको आयोजनामा माघ २७ गतेदेखि प्रतियोगिता संचालन हुँदैछ ।
फागुन ४ गतेसम्म संचालन हुने प्रदेश क्लब स्तरीय प्रतियोगितामा रेडहर्स फुटबल क्लब इलाम, एपीएफ क्लब पकली, रोलिङ क्लब धुलाबारी, बुट्टाबारी युनाईटेड क्लब झापा, पथरी ११ फुटबल क्लब मोरङ, बेलडाँगी फुटबल क्लब, जलथल फुटबल क्लब झापा र आयोजक च्यारिटी युथ सहभागी छन् ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा २८ गते आयोजक र एन्ट्र पथरी ११ एफसी मोरङबिच खेल हुने छ । २९ गते बेलडाँगी एफसी दमक र जलथल एफसी झापा, ३० गते रोलिङ क्लब धुलाबारी र एपीएफ पकली सुनसरीबिच खेल हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्स, मिडफिल्डर , स्ट्राइकर, गोलरक्षक र प्रशिक्षकले जनही ५ हजार पुरस्कार पाउने छन् ।
।