इलाम । अनेरास्ववियु इलाम जिल्ला कमिटी अध्यक्षमा अशोक खतिवडा चयन भएका छन् । इलामकाे गाैतम बुद्ध सभागृहमा सम्पन्न २४ ओै जिल्ला अधिवेशनले खतिवडाकाे नेतृत्वमा नयाँ कमिटी चयन गरेकाे हाे ।
कमिटीकाे उपाध्यक्षमा दर्शन राई, गोपाल आचार्य र सुशान्त चापागाईं, सचिवमा विशाल कार्की, सहसचिवमा विहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ, सुमन खत्री र कोषाध्यक्षमा सुनील शंकर चयन भए ।
सदस्यहरू ४१ जना चुनिएका छन् ।