Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

राजदुवाली खण्डबारे उद्योग व्यवसायीको ध्यानाकर्षण

राजदुवाली खण्डबारे उद्योग व्यवसायीको ध्यानाकर्षण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ४ २०८१


राजदुवाली खण्डबारे उद्योग व्यवसायीको ध्यानाकर्षण

इलाम :  इलामका उद्योगी–व्यवसायीले मेची राजमार्गको इलाम राजदुवाली खण्ड तत्काल मर्मत गर्न वा विकल्प खोज्न माग गरेका छन् । उनीहरूले बर्खाअघि नै यसको विकल्प नखोजे इलाम यातायात सञ्जालबाट टुट्ने भन्दै सिडिओ कल्पना श्रेष्ठमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका व्यवसायीले पहिरोले बगाएपछि जीर्ण यो खण्डमा सवारी साधन चलेपनि बर्खामा अस्तव्यस्त हुनेमा ध्यानाकर्षण गरेका हुन् । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत यो विषयमा ध्यानाकर्षण गरेका छन् ।

गत असोज दोस्रो साताको अविरल झरीपछि मेची पहाडको ‘लाइफ लाइन’ मेची राजमार्गको राजदुवाली मास्तिरको भाग पहिरोले चुँडाएको थियो । त्यसपछि करिब दुई साता यो खण्डबाट यातायातका साधन चल्न नसक्दा इलाम, पाँचथर र ताप्लेजुङकै जनजीवन अस्तव्यस्त बनेको थियो । अहिले यो ठाउँबाट एकतर्फी सवारी साधन चलिरहेपनि पानी पर्नेबित्तिकै पुनः अवरुद्ध हुने निश्चितझैं छ ।

अहिलेसम्म कुनै पनि विकल्प भरपर्दो नहुँदा जिल्लाबासीले चिन्ता व्यक्त गरिरहेका छन् । बर्खामा झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म आउ–जाउ गर्ने सवारीका साधन ठप्प हुने सम्भावना भएपनि व्यवसायी चिन्तित भएका हुन् । बर्खा सुरु हुन केही महिनामात्र बाँकी रहँदासमेत भत्केको राजमार्ग मर्मत गर्न वा यसको विकल्पमा एक रुपैयाँ पनि छुट्टिन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार