Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रथम सहदेव सुब्बा भेट्रान्स कपकाे उपाधि ग्रीन सिटी एफसी इलामले जित्याे

प्रथम सहदेव सुब्बा भेट्रान्स कपकाे उपाधि ग्रीन सिटी एफसी इलामले जित्याे

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ४ २०८१


प्रथम सहदेव सुब्बा भेट्रान्स कपकाे उपाधि ग्रीन सिटी एफसी इलामले जित्याे

इलाम । फुटबल प्रतियोगिता यूएईको दुबईमा सम्पन्न भएको छ। फुटबल खेलाडी सहदेव सुब्बाको सम्झनामा वर्ल्डमोक्स फुटबल क्लबले आयोजना गरेको यस प्रतियोगितामा ग्रीन सिटी फुटबल क्लब इलामले उपाधि जितेको छ । धरान युनाइटेड स्टारलाई हराउँदै इलामले उपाधि जितेको हो । बिजेता बनेसंगै ग्रिनसिटीले २ हजार ५ सय ५५ दिराम ( लगभग ९५ हजार) रुपैया जितेको छ ।

उपविजेता बनेको धरान युनाइटेड स्टारले १५५५ दिराम (लगभग रु ५८ हजार) प्राप्त गरेको छ । यस प्रतियोगितामा फेयर प्ले अवार्ड लम्जुङ फुटबल क्लबले जितेको छ । धरान युनाइटेड स्टारका सुरज बिक उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलरक्षकको पुरस्कार ग्रीन सिटी इलाम फुटबल क्लबका सन्तोष गुरुङ र उत्कृष्ट गोल स्कोररको पुरस्कार ग्रीन सिटी इलाम फुटबल क्लबका दीपक श्रेष्ठले प्राप्त गरे।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र उत्कृष्ट गोल स्कोररलाई १ सय दिराम (३ हजार ७ सय) पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता शनिबार राति ९ बजेबाट शुरु भएर बिहान ३ बजे सकिएको थियो । विशेषगरी ४० वर्ष उमेरका युवा खेलाडीहरूलाई लक्षित गरेर आयोजना गरिएको थियो। यस प्रतियोगितामा १३ टिमहरूले भाग लिएका थिए । खेल दुबई स्थित ‘स्पोर्ट्स बे’ मैदानमा भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार