इलाम । थ्रीस्टारको जितसँगै इलाममा जारी चौथो अन्तराष्ट्रिय माइभ्याली गोल्डकपकको सेमीफाइनलको समिकरण पुरा भएको छ । थ्रीस्टारसंग पुलिस ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित भएसंगै सेमीफाइनल भिडने टिम पक्का भएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । त्यसपछि थपिएको अतिरिक्त १५ मिनेटमा समेत दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । पुलिसले खेलको २७ औं मिनेटमा अग्रता लिएको थियो । निरकुमार राईको पासलाई सदुपयोग गर्दै रेजिन सुब्बाले सहजै जाली चुमाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको थ्रिस्टार दोश्रो हाफमा भने खेलमा फर्कियो । थ्रिस्टारले ७३ औं मिनेटमा जवाफी गोल फर्कायो । डिबक्स बाहिर पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गदै थ्रिस्टारका रजिन धिमालले दाहिने बार च्याप्दै सहजै जाली चुमाएका थिए ।
टाईब्रेकरमा थ्रिस्टारका कप्तान निराजन खड्का, विमल घर्ती मगर, रजिन धिमाल र रुपेश केसीले गोल गरे । सुनिल बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे ।
पुलिसका तर्फबाट भने रेजिन सुब्बा, तेज तामाङ र दिनेश राजवंशीले मात्र गोल गरे । सुमन लामा र हेम तामाङको प्रहार थ्रिस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ठ बचाउ गर्दै टिमलाई अघिल्लो चरण उक्लिन मद्दत गरे ।
ट्राइबेकरमा २ गोल सेभ गरेका थ्रीस्टारका गोलरक्षक न्यौपाने घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे । माइभ्याली गोल्डकपको दुवै भेटमा थ्रीस्टार पुलिसमाथी हाबी भएको छ । पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मनाङ मस्याङ्दी आमनेसामने हुँदैछन ।