Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

साढे ६ हजार दर्शनार्थी पाथीभरा पुग्दा पुस महिनामै उठ्यो २९ लाख भेटी

साढे ६ हजार दर्शनार्थी पाथीभरा पुग्दा पुस महिनामै उठ्यो २९ लाख भेटी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ४ २०८१


साढे ६ हजार दर्शनार्थी पाथीभरा पुग्दा पुस महिनामै उठ्यो २९ लाख भेटी

ताप्लेजुङ — अधिक चिसो हुने पुस महिनामा पनि पाथीभरा मन्दिरमा पुग्ने तीर्थयात्रीको संख्या उल्लेख देखिएको छ । ६ हजार ४ सय २७ जना तीर्थयात्री मन्दिरमा पुग्दा २९ लाख २५ हजार रुपैयाँ भेटी रकम संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार गत वर्षको तुलनामा यो संख्या बढी हो ।

गत वर्ष ४ हजार ५ सयको हाराहारीमा मात्रै तीर्थयात्री आएको समितिले जनाएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चिसो याममा तीर्थयात्री कम आउने गरेको विगतको तथ्यांक छ । यो समयमा यहाँको तापक्रम माइनस हुने गरेको छ । ‘आठ/दश वर्षअघिसम्म पुस र माघ महिनामा दर्शनार्थी ठप्पजस्तै हुन्थे,’ पाथीभराका पुजारी डिल्ली आचार्यले भने,

‘पछिल्ला वर्ष हिउँ पनि खेल्न पाइने र माताको दर्शन पनि हुने भन्दै आउने तीर्थयात्रीको संख्यामा वृद्धि भएको छ ।’ पाथीभरामा वार्षिक ३ लाखसम्म तीर्थयात्री आउने र ४ करोड रुपैयाँसम्म भेटी सङ्कलन हुने गरेको पाथीभरा क्षेत्र विकास समितिको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार