Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माईभ्याली गोल्डकप : झापालाई हराउँदै एपीएफ सेमिफाईनलमा

माईभ्याली गोल्डकप : झापालाई हराउँदै एपीएफ सेमिफाईनलमा

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख ११ २०७५


माईभ्याली गोल्डकप : झापालाई हराउँदै एपीएफ सेमिफाईनलमा

इलाम ।  विभागिय टोली एपीएफ इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।
डिफन्डिङ्ग च्याम्पियन झापा ११ लाई २–१ को अन्तरले हराउँदै एपिएफले सेमीफाईनलको यात्रा तय गरेको हो ।

खेल शुरु भएको ५४ औँ मिनेटमा एपीएफको तर्फबाट कप्तान नविन लामाले गोल गरेका थिए । श्याम नेपालीको प्रहारलाई झापाका गोलरक्षक किरण चेम्जोङले पन्च गरेपछि पाएको अवसरलाई लामाले गोलमा परिणत गरेका थिए , जवाफमा झापाका भुषन सुब्बाले ५६औँ मिनेटमा गोल गरेर टिमलाई बराबरीको अवस्थामा पु¥याएका थिए । डिबक्सभित्र पाएको अवसरलाई सुव्वाले जाली चुमाएका थिए ।

खेलको ६४ औँ मिनेटमा एपिएफका युवराज खड्काले गोल गरेपछि सशस्त्रको जीत पक्का भएको हो । कप्तान नविन लामाको क्रसलाई खडकाले विना गल्ती गोलमा परिणत गरेका थिए । माइभ्याली गोल्डकपको अघिल्लो २ भेटमा झापाले एपिएफलाई पराजित गरेको थियो ।

दोश्रो संस्करणको फाइनलमा झापाले २–० ले एपिएफलाई पराजित गरेको थियो भने गत संस्करणको सेमीफाइनलमा झापा १–० ले बिजयी भएको थियो । भोलीको तेश्रो क्वाटरफाइनल खेल पहिलो संस्करणको बिजेता बिभागीय टिम त्रिभुवन आर्मी र सिक्किम युनाइटेड बिच हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार