फिक्कल । इलामको सुर्योदय नगरपालिमा जिल्लास्तरीय उन्नत प्रविधियुक्त पशुपालन तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई इलामको आयोजनामा तीन दिने तालिम आयोजना भएको हो । परियोजना इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा गाई जोन कार्यक्रम संचालन गर्दै आएको छ ।
सुर्योदय नगरपालिका ७ को कार्यालयमा संचालन भएको तालिममा २२ जना किसानको सहभागिता रहेको थियो । तालिममा भेटरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र इलामका प्रमुख राघबेन्द्र तिवारी, पशु विकास अधिकृत नविन वैद्य, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई इलामका प्रमुख डा सुवासचन्द्र चौधरीले प्रशिक्षण दिएका थिए । तालिमको गाई जोन संचालन समन्वय समितिले गरेको संयो्जक दिनेश महतले बताए ।