सुलुबुङ । इलामको सन्दकपुर-३ सुलुबुङमा जारी चाैथाे टारी गाेल्डकप एवम पर्यटन महाेत्सवकाे दाेश्राे दिन टाेड्के झर्ना, सन्दकपुर शिक्षक र जेएफसी विजयी भएका छन् । खुल्ला तर्फ पहिलाे खेलमा टाेड्केले हागेथामलाई ३-० ले हराएकाे हाे ।
टाेड्केकाे जितमा सुमन धमलाले ह्याट्रिक गरे । भेट्रान्स तर्फ टारी एफसीलाई सन्दकपुर शिक्षकले पेनाल्टी सुटआउटमा पराजित गरेकाे थियाे । निर्धारित समयमा दुवै टिमले १-१ गाेल बराबरी खेलेका थिए ।
आजकाे अन्तिम खेलमा जेएफसीले गिताङ एफसीलाई ३-० ले हराएकाे छ । गिताङकाे जितमा रूपेन लिम्बूले ह्याट्रिक गरे