फाकफाेकथुम । नेकपा माओवादी केन्द्र फाकफाेकथुमकाे पालिका सम्मेलन आगामी माघ १६ गते हुने भएकाे छ । पार्टीको पालिका बैठकले माघ १६ गते फाकफाेकथुमकाे केन्द्र आमचोकमा दोश्रो पालिका सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।
सम्मेलनका लागि केबि वान्तावाको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन आयोजक समिति समेत गठन भएकाे छ । साथै फाकफोकथुम गाउँपालिका समितिको ९औं विस्तारित बैठक एवं प्रशिक्षण सम्पन्न भएको छ । १ नं. वडा स्थित खाम्बाङ्मा सम्पन्न गरिएकाे हाे ।
बैठक एवं प्रशिक्षण पार्टी अध्यक्षता के.बि. वान्तावाले गरेका थिए । प्रशिक्षणमा केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा(रमण)को प्रमुख आतिथ्यता र प्रदेश सदस्य एवं जिल्ला कार्यालय सचिव प्रकाश परियारको विशेष आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रमको स्वागत पालिका उपाध्यक्ष लक्ष्मण घतानी र संचालन सचिक प्रकाश राइले गरेका थिए । बैठकमा सबै वडा नेतृत्वबाट वडाको र पालिकाको तर्फबाट सहसचिव हेमकर्ण निराैलाले रिपोर्टिङ गरेका थिए ।