Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइ नगरपालिकामा सानिमा हाइड्रोले आयोजना गर्यो स्वास्थ्य शिविर

माइ नगरपालिकामा सानिमा हाइड्रोले आयोजना गर्यो स्वास्थ्य शिविर

  • तेजबहादुर घिमिरे
  • आइतबार, बैशाख ९ २०७५


माइ नगरपालिकामा सानिमा हाइड्रोले आयोजना गर्यो स्वास्थ्य शिविर

माइ । दक्षिणी इलामको माइ नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सानिमा माई हाइड्रोपावर लिमिटेड र नेपाल रेडक्रस सोसाइटी दानाबारीको संयुक्त आयोजनामामा गरुवा बहुमुखी क्याम्पसमा भएको स्वास्थ्य शिविरमा शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका १० जना विशेषज्ञ डाक्टरहरुले मृगौला, मुटु र महिला सम्वन्धी रोगको सेवा दिएका थिए ।

माइ नगरपालिका आसपासका क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर आयोजना गरिएको शिविरलाई मृगौला रोग विशेषज्ञ डा. सुधा खकुरेल, डा कल्पना श्रेष्ठ र डा लुसान सिंह, डा नवोदित यादव, रञ्जन थापाले सेवा दिएका थिए । त्यसैगरी मुटुरोग सम्वन्धी विशेषज्ञ डा. प्रेमराज बैद्य, डा जयराम लामिछानेले चेकपअ गरेका थिए ।

त्यसैगरी स्त्रीरोग विशेषज्ञ डा जमुना पौडेल, रेडियोलोजिष्ट डा मोनिका श्रेष्ठ र डा विष्णु सिग्देल तथा खाध्य परार्मश विशेषज्ञ डा रश्मी श्रेष्ठले नगरबासीहरुको स्वास्थ्य चेकजाँच गरेको सानीमा माइ हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए । शिविरमा ३ सय बढी नगरबासीहरुले सेवा लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार