इलाम : मुक्तिनाथ विकास बैंक लि।ले आफ्नो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी इलाम शाखालाई सहयोग रकम प्रदान गरेको छ । बैंक स्थापनाको १९ बर्ष प्रवेश गरेको अवसरमा इलाम शाखा कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम रेडक्रसलाई नगद पचास हजार रुपैया प्रदान गरेको हो ।
इलाम सदरमुकाममा शुक्रवार एक कार्यक्रमका बिच रेडक्रस इलाम सभापति शिव गौतम सहितको टिमको उपस्थितिमा चेक हस्तान्तरण गरिएको बैंकका इलाम शाखा प्रमुख सुबास भट्टराईले जानकारी दिए । यता चेक बुझ्दै सभापति गौतमले बैंकलाई धन्यवाद दिए ।
उनले यस्तै सामाजिक कामले समस्यामा परेकाहरुलाई सहयोग पुग्ने साथै अन्यलाई समेत यस्तै सामाजिक उतरदायी बनाउन यस किसिमका कार्यक्रमले प्रोत्साहित गर्ने बताए । रेडक्रसको इलाम शाखाले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिंदै आएको छ ।
चेक रकम हस्तारण कार्यक्रममा मुक्तिनाथ बैंक इलाम शाखाका प्रमुख भट्टराई सहित बैंकका अन्य कर्मचारीहरु, अन्य विभिन्न बैकका प्रतिनिधि , बैकका सेवाग्राही, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधि साथै इलामका नागरिकहरु उपस्थिती रहेको थियो ।
२०६३ पौष १९ गते देखि सञ्चालन भएको बैंक २०८१ पौष १९ गते १९ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।