Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

चियाको आन्तरिक खपत बढाउन अभियान आवश्यक : प्रधानमन्त्री ओली

चियाको आन्तरिक खपत बढाउन अभियान आवश्यक : प्रधानमन्त्री ओली

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस १७ २०८१


चियाको आन्तरिक खपत बढाउन अभियान आवश्यक : प्रधानमन्त्री ओली

इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको आन्तरिक खपत बढाउन अभियान चलाउनुपर्ने बताएका छन्। उनले नेपालीहरूमाझ चिया संस्कृतिको विकास हुँदै गएकाले देशमा उत्पादित अर्गानिक चियाको खपत बढाउनुपर्ने बताए।

गएको डिसेम्बर ५ देखि २५ सम्म चीनको फुचियान प्रान्तस्थित झोङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको आयोजनामा नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवर्द्धनसम्बन्धी सेमिनारमा सहभागी भएका स्वदेश फर्किएकाहरुले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग गरेको भेटमा उनले यस्तो बताएका हुन्।

चिया निर्यातका लागि टि हेल्थ सर्टिफिकेटका लागि फास्ट ट्रयाकमा विलम्ब नगर्ने आश्वासन उनले दिए। नेपाली चिया चीन निर्यातमा सहजीकरण गर्न सरकारले काम अघि बढाएको प्रधानमन्त्री ओलीले बताए।

उनले नेपाली चिया उत्पादकलाई चिनियाँ चिया ब्रान्डिङका लागि झोङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको कामको प्रशंसा गरे। प्रधानमन्त्रीसँगको भेटमा नेपाल(चीन चिया संस्कृति प्रवर्द्धन समाजले अन्तरराष्ट्रिय चिया फेस्टिबल इलाम गर्ने जानकारी गराएका छन्।

चीनको सेमिनारमा सहभागी हुँदा पाएको कदरपत्र र उपहार समाजका अध्यक्ष एवम कलेजका प्रोफेसर सचितआनन्द सुब्बाले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे। सेमिनारमा नेपालबाट ३४ जना चिया उत्पादक र प्रवर्द्धक सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार