Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

फोनिज इलामको छैटौं जिल्ला अधिवेशन पुस १९ गते इलाममा हुने

फोनिज इलामको छैटौं जिल्ला अधिवेशन पुस १९ गते इलाममा हुने

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १५ २०८१


फोनिज इलामको छैटौं जिल्ला अधिवेशन पुस १९ गते इलाममा हुने

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको छैटौं जिल्ला अधिवेशन यही पुस १९ गते इलाम सदरमुकाममा हुने भएको छ । सोमबार इलाम सदरमुकाममा फोनिज अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको बैठकले पुस १९ गते विहान ११ बजे नेपाल पत्रकार महासंघको हलमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, सहसचिव (महिला अनिवार्य) एक र कोषाध्यक्ष एक तथा संस्थागत र अल्पसङ्ख्यकसहित आठ सदस्य निर्वाचित गर्नेछ । बैठकले फोनिज इलाम शाखा अन्तर्गत ५१ जनाको सदस्यता नवीकरण गरेको छ । त्यस्तै १२ जनाको नयाँ सदस्यता स्वीकृतिका लागि फोनिज प्रदेश नं १ समिति समक्ष सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले गत २०८१ मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ इलामको निर्वाचनको समिक्षा गरी निर्वाचनमा विभिन्न पदमा निर्वाचित फोनिजकर्मीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार