Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र छिर्दै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याउने

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र छिर्दै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याउने

  • सन्देश सम्बाददाता
  • आइतबार, पौस १४ २०८१


प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र छिर्दै प्रचण्ड, हजारौंलाई पार्टीमा भित्र्याउने

इलाम ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि झापा आउने भएका छन् ।  गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी झापा जान लागेका हुन् । प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने गौरीगञ्जमा प्रचण्डले ठूलो संख्यामा पार्टी प्रवेश गराउने बताइएको छ । शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको निर्वाचन क्षेत्रबाट हजार जनाभन्दा बढीलाई पार्टीमा प्रवेश गराउने उद्घोष गरिसकेका छन् ।

‘देशैभरी माओवादीमा एकताबद्ध हुने, समायोजन हुने लहर चलेको छ । पर्सी म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ,’– कञ्चनपुरको पुनर्वासमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार