Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र इलाम नगर संयोजकमा संघर्ष, आउँदो माघ १५ भित्र सम्मेलन गर्ने

माओवादी केन्द्र इलाम नगर संयोजकमा संघर्ष, आउँदो माघ १५ भित्र सम्मेलन गर्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १४ २०८१

माओवादी केन्द्र इलाम नगर संयोजकमा संघर्ष, आउँदो माघ १५ भित्र सम्मेलन गर्ने

इलाम : नेकपा (माओवादी केन्द्र) इलाम नगर सम्मेलन आयोजक समिति संयोजकमा श्याम राई (संघर्ष) लाई चयन भएका छन् । शनिबार इलाम सदरमुकामस्थि पार्टी कार्यालयमा भएको माओवादी केन्द्र इलाम नगर समितिको विस्तारित बैठकले संघर्षलाई संयोजकमा चयन गरेको हो । बैठकले संघर्षको संयोजकत्वमा ५४ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

यसैबीच बैठकले आउँदो माघ १५ गतेभित्र नगर सम्मेलन सम्पन्न गर्ने समेत निर्णय गरेको छ । जेष्ठ सदस्य सन्त धमलाको अध्यक्षता र इलाम जिल्ला सहइन्चार्ज सोममाया राई ९सिन्धु० को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सदस्य प्रभाश शर्मा, जिल्ला सचिव शान्ता बस्नेत (सर्कल) लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार