Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान

कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस ८ २०८१


कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान

कास्की । सहकारी ठगी प्रकरणमा आइतबार मुद्दा दायर भएसँगै कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको बयान सुरु भएको छ । न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीमध्येका छविलाल जोशीबाट बयान सुरु गरिएको छ । अदालतमा रवि लामिछानेलायतका प्रतिवादीलाई पनि उपस्थित गराइएपनि छविबाट बयान सुरु भएको हो ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार