मंगलबारे । दाेश्राे देउमाई अन्तर वडा स्तरिय तरूण कप नकाउट फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ । वडा नं ८ र १ काे जितसंगै सेमिफाइनल भिड्ने टिम पक्का भएकाे हाे । पहिलाे सेमिफाइनलमा वडा नं २ र ३ भिड्दैछन् ।
वडा नं २ ले वडा नं वडा नं ६ लाई हराएकाे थियाे । दाेश्राे सेमिफाइनलमा वडा नं १ र ८ भिड्दैछन् । आज सम्पन्न पहिलाे खेलमा वडा नं ८ ले वडा नं ७ लाई ३-० गाेल अन्तरले हराएकाे हाे । खेलकाे म्यान अफ दि म्याच विजेता टिमका गाेलरक्षक पवन राई घाेषित भए ।
दाेश्राे खेलमा वडा नं १ ले वडा नं ५ लाई टाइब्रेकरमा ५-४ गाेल अन्तरले हराएकाे छ । निर्धारित समयमा दुवै टिमले गाेल रहित बराबरी खेलेका थिए । खेलकाे म्यान अफ दि म्याच गाेलरक्षक अनिष राई घाेषित भए । देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा जारी प्रतियोगिताकाे सेमिफाइनलका खेलहरू भाेली बिहिबार सम्पन्न हुनेछ ।
तरूण दल देउमाईका अध्यक्ष बिमलकाजी खम्बुकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेकाे थियाे ।