Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय स्वतन्त्र पार्टी इलाम सभापतिमा ओडारी

राष्ट्रिय स्वतन्त्र पार्टी इलाम सभापतिमा ओडारी

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ३ २०८१


राष्ट्रिय स्वतन्त्र पार्टी इलाम सभापतिमा ओडारी

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला सभापतिमा टीका ओडारी चयन भएका छन् । मङ्गलबार इलाम सदरमुकाममा सम्पन्न पार्टीको जिल्ला भेलाले ओडारीको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपसभापतिमा सन्तोष श्रेष्ठ, सचिवमा गोकुल राई, सहसचिवमा दिनेशकुमार महत तथा कोषाध्यक्षमा कमला थापा चयन भएका छन् । सदस्यहरुमा गणेश कार्की, मिङ्मा शेर्पा, सविता दास, पवित्रा कार्की राउत, कमला अधिकारी र प्रतीक बोहोरा सदस्य छानिएका छन् ।

पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सभापति ओडारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार