Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

गाेलरक्षक निरज नायक बन्दा इटहरी सेमिफाइनल प्रवेश

गाेलरक्षक निरज नायक बन्दा इटहरी सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २ २०८१


गाेलरक्षक निरज नायक बन्दा इटहरी सेमिफाइनल प्रवेश

बिर्तामोड ।  गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अन्तिम चारमा प्रवेश गरेकाे हाे ।

टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो । जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन् । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।

यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिर गिल्सन कन्दङवाको क्रस पासलाई  सदुपयोग गर्दै गोल गरे ।

खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो ।

खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरी गर्याे ।  देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपरबाट रिबाउन्ड भएको बललाई उनले गोलमा परिणत गरे ।३६ औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोल लाइनबाट बचाए ।

पाँचौँ मिनेटमा जागृतिका मिलन राईले डिबक्समा वान भर्सेस वान पाएको अवसर गुमाए । उनको पावरफुल सट गोलकिपरले उत्कृष्ट बचाउ गरे । १३ औँ मिनेटमा निशान लिम्बूले डिबक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो । जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेड कार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलकिपर चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार