Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम गाेल्डकप : समीर निर्णायक गाेलकर्ता बन्दा चर्च बाेइज फाइनल प्रवेश

इलाम गाेल्डकप : समीर निर्णायक गाेलकर्ता बन्दा चर्च बाेइज फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर २६ २०८१


इलाम गाेल्डकप : समीर निर्णायक गाेलकर्ता बन्दा चर्च बाेइज फाइनल प्रवेश

इलाम । समीर तामाङले निर्णायक गाेल गर्दा चर्च बाेइज इलाममा जारी दाेश्राे इलाम गाेल्डकपकाे फाइनल प्रवेश गरेकाे छ । चर्चले घरेलु टिम रेडहर्सलाई १-० ले हराएकाे हाे ।

दाेश्राे हाफमा थपिएकाे समयमा तामाङले गरेकाे हेडर गाेल नै चर्च बाेइजलाई अन्तिम २ मा पुग्न निर्णायक बन्याे । रेडहर्स लगातार दाेश्राे पटक सेमिफाइनलबाट बाहिरिएकाे छ ।

यसअघि पहिलाे संस्करणमा न्युरोड टिम ( एनआरटी ) संग टाइब्रेकरमा पराजित भएकाे थियाे । चर्चले फाइनल पुग्न त्रिभुवन आर्मीलाई क्वाटरफाइनल र रेडहर्सलाई सेमिफाइनलमा हराएकाे हाे ।

रेडहर्सले संकटा एफसीलाई क्वाटरफाइनलमा टाइब्रेकरमा हराएकाे थियाे ।गाेलकर्ता तामाङ खेलकाे म्यान अफ दि म्याच घाेषित भए । उनले नगद ८ हजार १ सय प्राप्त गरे ।

चर्चले उपाधिको लागि डिफेन्डिङ च्याम्पियन एनआरटी र न्यु स्टार झापा बिचकाे विजेतासंग खेल्ने छ । दाेश्राे सेमिफाइनलमा न्यु स्टार र एनआरटी भिड्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार