इलाम : दोश्रो इलाम गोल्डकपको दोश्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटीले पाहुना टोली गोरखा टेरोटोरियल एडमिनिस्ट्रेसन (जिटिए) संग खेल्दैछ । पहिलो संस्करणको विजेता टोली केही राष्ट्रिय टिमका खेलाडी सहित मैदान उत्रने तयारीमा छ ।
न्युरोड राष्ट्रिय टिमका विङ्गर अन्जन बिष्ट सहित मैदान उत्रने तयारीमा छ । एनआरटीबाट अन्जनका अतिरिक्त राष्ट्रिय टिमका डिफेन्डर अविशेक लिम्बु, गोलरक्षक विशाल सुनार, मिडफिल्डर कृतिश रत्न छुन्जु, स्र्पोटिङ इलाम डि मेचीका डिफेन्डर आशिष गुरुङ पोखरा थन्डर्सका एन्जल महर्जन लगायत सहभागी छन् ।
गत संस्करणमा विर्तामोड युनाइटेडलाई हराउँदै एनआरटीले उपाधि जितेको थियो । दोश्रो संस्करण उसका लागि उपाधि रक्षा गर्न चुनौती हुनेछ । जिटिएको टिम पहिलो पटक इलाम आएको हो । दार्जिलिङको क्षेत्रिय फुटबल खेल्ने टिम हो जिटिए ।
एनआरटी यसअघि नै इलाम आएको छ । यता जिटिए टिम आज इलाम आएर खेलमा सहभागी हुने भएको छ ।