Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

तामाङ महिलाहरुको जिल्ला स्तरीय भेला सूर्याेदयमा सम्पन्न

तामाङ महिलाहरुको जिल्ला स्तरीय भेला सूर्याेदयमा सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २३ २०८१


तामाङ महिलाहरुको जिल्ला स्तरीय भेला सूर्याेदयमा सम्पन्न

फिक्कल । इलामकाे सूर्याेदय नगरपालिकामा तामाङ महिलाहरुको जिल्ला स्तरीय भेला सम्पन्न भएकाे छ । सुर्योदय नगरपालिका-२ स्थित बौद्धधाम माबिमा भएकाे भेलाले जिल्ला महिला घेदुङको ११ सदस्यीय समिति चयन गरेको छ ।

समितिकाे अध्यक्षमा सरला तामाङ ,उपाध्यक्ष सोमरानी तामाङ , सचिब जिज्ञासा तामाङ गोले, सह-सचिब बिमला तामाङ र कोषाध्यक्ष पन्चमाया तामाङ रहेका छन् । सदस्यहरुमा निरमाया तामाङ , प्रनिसा तामाङ , माया कुमारी तामाङ, कविता तामाङ ,नैन कला बम्जन, सुस्मिता तामाङ ,पुष्प योन्जन तामाङ चयन भएका छ्न ।

त्यसै गरि नगर स्तरीय आम तामाङ भेलाले जिल्ला स्तरिय नेपाल तामाङ महिला घेदुङ र सुर्योदय नगर घेदुङको पुनः गठन सम्पन्न गरेको छ ।

१५ सदस्यीय सुर्योदय नगर घेदुङको अध्यक्षमा नितेस तामाङ , उपाध्यक्ष सरला तामाङ, सचिब सन्तोष मोक्तान, उप-सचिब रिचा योन्जन, कोषाध्यक्ष बिमला तामाङ चयन भएका छन् । सदस्यहरु बिराज तामाङ , प्रमोद गोले, सुमिता तामाङ, देउ कुमार तामाङ, अमुल तामाङ, सनिस लामा(दाइ चिया), तिल माया तामाङ, प्रेम राज तामाङ चयन भएका छ्न ।

भेलामा जिल्ला घेदुङका सचिब इश्वरी तामाङले स्वागत साथै भेलाको उदेश्य माथि प्रकाश पारेका थिए ।सुर्योदयका जेष्ठ नागरिक रबिन कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न भएको भेलामा संघीय घेदुङ सदस्य पदम लो तामाङकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

बिशेष अतिथिमा सूर्याेदय नगरपालिका-२ का वडाध्यक्ष डिक बहादुर बम्जन, वडा नम्बर ५ का वडाध्यक्ष उर्गेन बम्जन, जिल्ला घेदुङका अध्यक्ष दाबा तामाङ रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, बौद्धधाम माबिका प्रधाध्यापक अतिथिद्वय किरण मोक्तान र टेम्पो ब्यवसायी संघका अध्यक्ष सन्तोष मोक्तानले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार