Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम गोल्डकप : टाइब्रेकरमा गोलक्षक विवेक नायक बन्दा रेड हर्स सेमिफाइनल प्रवेश

इलाम गोल्डकप : टाइब्रेकरमा गोलक्षक विवेक नायक बन्दा रेड हर्स सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २२ २०८१


इलाम गोल्डकप : टाइब्रेकरमा गोलक्षक विवेक नायक बन्दा रेड हर्स सेमिफाइनल प्रवेश

इलाम । घरेलु टिम रेडहर्स दोश्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । ए डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ अन्तरले हराउँदै रेड हर्संले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । रेड हर्सलाई जित दिलाउन गोलरक्षक विवेक मगर नायक बने ।

टाइब्रेकरमा मगरले संकटाका क्रिपाकान्त चौधरीको प्रहार बचाएका थिए । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलका थिए । टाइब्रेकरमा रेड हर्सका अशोक खवास, हेमन लिम्बु, आयुश तिम्सिना र रोमन भुजेलको प्रहार गोलमा परिणत भएको थियो ।

संकटाका कप्तान कुलदिप कार्की, पुष्कर खड्का र रोशन पहारीको प्रहार गोलमा परिणत भएको थियो । क्रिपाकान्त चौधरीको प्रहार गोलरक्षक विवेक मगरले बचाउँदा युवराज ढकालको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच रेड हर्सका गोलरक्षक विवेक मगर घोषित भए ।
उनले ८ हजार १ सय रुपैया प्राप्त गरे ।
प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र गोर्खा टेरोटेयिल आर्मी (जिटिए) भारत भिड्दैछन् । खेलपछि प्रतिक्रिया दिँदै संकटा प्रशिक्षक प्रज्वल प्रतिप क्षेत्रीले रेफ्रीहरु र मैदानका कारण पराजय भोगेको बताए ।

उनले घाँसे मैदानमा अभ्यास गरेको खेलाडीहरुले इलामको मैदान कमजोर भएकाले पराजित भएको प्रतिक्रिया दिए । उनले आफ्ना खेलाडीहरु उत्कृष्ट भएपनि लामो समयको यात्राका कारण अपेक्षा अनुरुप नभएको बताए । आयोजकले रेफ्रीहरुलाई बोलाएर सपोर्ट गराएको आरोप लगाए ।

क्षेत्रीले आफ्ना २ वटा अफसाइड नभएको बल र केहि निर्णयहरु आयोजकको पक्षमा दिएको बताए । रेड हर्संका प्रशिक्षक छिरिङ पासाङ शेपाले खेलमा जित्ने भएपनि फिनिसिङ अभावका कारण टाइब्रेकरमा पुग्नु परेको बताए । उनले स्थानीय खेलाडीहरु भएपनि प्राय जसो एउटै टिममा खेलेका कारण सहज भएको बताए ।

उनले विपक्षी टिमको विदेशी खेलाडीका कारण केही कठिन भएको बताए । उनले टिमका ३ जना नयाँ खेलाडी हूँदा केही असहज भएपनि लामो समय खेलाडीहरुलाई क्याम्प राखिएकाले आगामी खेलमा सुधार हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार