Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने

एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २२ २०८१


एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम तथा विराटनगरले कर्णालीसँग खेल्ने

इलाम । नेपाल प्रिमियर लिग ९एनपिएल०मा शनिबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९स्१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै खेल जितेको छ।

पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो। यता दुई खेल नै खेलेको लुम्बिनी दुवै खेलमा पराजित हुन पुगेको थियो। ‍लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।

यसअघि पहिलो खेलमा विराटनगरसँग २ विकेट र दोस्रो खेलमा पोखरासँग १० विकेटले लुम्बिनी पराजित भएको थियो। एनपिएलको दोस्रो खेल दिउँसो सवा १ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ। कर्णाली र विराटनगर दुवैले यसअघि खेलेका तीन खेलमध्ये एउटामा मात्रै जित निकालेको छ।

कर्णाली सुरूवाती दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमान्डु गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा जनकपुरसँग ८ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको थियो।

लुम्बिनीमा रोहित पौडेल, सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी, कर्णालीमा सोमपाल कामी र विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार