फिक्कल । प्रथम देउमाई कप २०८१ अन्तर्गत शुक्रबार ४ खेल सम्पन्न भएकाे छ । पहिलाे खेलमा टु स्टार पाँचथरलाई २-० ले हराउँदै बाेरूङ एफसी दाेश्राे चरणमा प्रवेश गरेकाे छ । खेलकाे म्यान अफ दि म्याच बाेरूङका प्रशान्त राई घाेषित भए ।
दाेश्राे खेलमा सुच्चा एफसी विजयी भएकाे छ । चिम्फुला च्यामस फुटबल क्लबलाई टाईब्रेकरमा ४-२ गाेल अन्तरले चिम्फुला विजयी बनेकाे हाे । निर्धारित समयमा दुवै टिमले १-१ गाेलकाे बराबरी खेलेका थिए ।
खेलको म्यान अफ दि म्याच सुच्चा एफसीका अनिल राई घोषित भए । तेस्रो दिनको तेस्रो खेलमा साङरुम्बा एफसीलाई ४-१ गाेल अन्तरले हराउँदै डिएफसी चमैता दाेश्राे चरणमा प्रवेश गरेकाे छ ।
खेलकाे म्यान अफ दि म्याच चमैताका सन्जय राई घोषित भए । चौथो खेलमा फतेजुङ सामाजिक सरोकार समाज लाई १-० ले हराउँदै बाक्सिला एफसी दाेश्राे चरण प्रवेश गरेकाे छ ।
खेलकाे म्यान अफ दि म्याच बाक्सिलाका सन्जय राई घोषित भए ।