Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रथम देउमाई कप : बिहिवार ४ खेल सम्पन्न

प्रथम देउमाई कप : बिहिवार ४ खेल सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर १४ २०८१


प्रथम देउमाई कप : बिहिवार ४ खेल सम्पन्न

फिक्कल । प्रथम देउमाई कप २०८१ अन्तर्गत बिहिवार ४ खेल सम्पन्न भएकाे छ । पहिलाे खेलमा जिभीवाइसीलाई २-१ गाेल अन्तरले हराउँदै देउराली एफसी दाेश्राे चरणमा प्रवेश गरेकाे छ ।

म्यान अफ द म्याच देउरालीका मुस्कान शिवा घोषित भए । दोस्रो खेलमा सेभेन स्टार इलाम लाई २-३ गाेल अन्तरले हराउँदै गुम्बाडाँडा एफसी पाँचथर दोस्रो चरण प्रवेश गरेकाे छ । खेलकाे म्यान अफ दि म्याच गुम्बाडाँडाका सबिन लामा घोषित भए ।

तेश्राे खेलमा डिएन एफसीलाइ हराउँदै मंगाेल एफसी सन्दकपुरले जित हासिल गरेकाे छ । निर्धारित समयमा दुवै टिमले २-२ गाेल बराबरी खेलेपछि टाइब्रेकरमा मंगाेल एफसी विजयी भएकाे हाे ।

म्यान अफ दि म्याच मंगोलका गोलरक्षक निङमा तामाङ घोषित भए । चौथो खेलमा खान्द्रुङ एफसीलाई ५-० अन्तरले हराउँदै फाेर स्टार पाँचथर दोस्रो चरणमा प्रवेश गरेको छ। म्यान अफ दि म्याच का खेलाडी एनिश लिम्बू घोषित भए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार