राेङ । प्रबिधिमैत्री सिकाईकाे लागि इलामकाे राेङ गाउँपालिकाले सामुदायिक बिद्यालय शिक्षकहरलाई ल्यापटप खरिदकाे लागि सहज सुबिधा कार्यक्रम ल्याएकाे छ ।
पालिका भरिका सबै शिक्षकहरुलाई आधारभुत कम्प्युटरको तालिम दिएपछि आफै कम्प्युटरल किनेर प्रयाेग गर्न चाहने शिक्षकहरुलाई पालिकाले नै ब्याजकाे व्ययभार बाेक्ने गरि शुन्य प्रतिशत ब्याजमा बढिमा एक बर्ष सम्मकाे लागि किस्ताबन्दीमा एकलाख सम्मकाे ऋणकाे ब्यवस्था गरिदिने भएकाे हाे ।
बजारमा पाइने बिभिन्न कम्पनिका ल्यापटपहरुसंग अधिक्तम घटाघटमा ग्यारेन्टी र वारेन्टी सहितकाे काेटेसन माग गरेर बिक्रेता छनाैट गर्ने भएकाे हाे । शिक्षकहरुले आफै खरिद गरेमा भ्याट बिल र सामाग्रीकाे रकम बैक मार्फत एकमुष्ट भुक्तानी लिन सकिने गरि सुबिधा उपलब्ध गराउन ईच्छुक शिक्षकहरुवाट आसयपत्र माग गरेकाे गाउँपालिका अध्यक्ष सुवास तामाङले बताए ।
शिक्षा सुधारकाे लागि नयाँ कुराकाे खाेज र प्रस्तुति गरि सिकाई गर्न सहज हाेस भनेर प्रबिधिमैत्री शिक्षणकाे लागि यस्ता सुबिधायुक्त कार्यक्रम ल्याईएकाे हाे ।