Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङमा १ सय ७९ आँखाको अपरेसन गरिने

रोङमा १ सय ७९ आँखाको अपरेसन गरिने

  • गोविन्द पौडेल
  • बिहिबार, मंसिर ६ २०८१


रोङमा १ सय ७९ आँखाको अपरेसन गरिने

रोङ : इलामको रोङ गाउँपालिकाले १ सय ७९ जनाको निःशुल्क आँखाको शल्यक्रिया (अप्रेसन) गरिदिने भएको छ । नेपाल नेत्रज्योति सघ इलाम, विराटनगर आँखा अस्पताल बिराटनगर र रोङ गाउँपालिको आयोजनामा बिभिन्न टोलहरुमा करिव ३५ दिन लगाएर बिशेषज्ञहरु सहितको टोलिवाट भेटिएका विरामीहरुको शल्यक्रिया गरिने भएको हो ।

३ हजार ८ सय ४ जना नागरिकहरुमा गरिएको परिक्षणबाट भेटिएका १ सय ७९ जनाको आगामी मसिर ९,१० र ११ गते शल्यक्रिया गरिने भएको हो । रोङ गाउँपालिका वडा न ३ मा रहेको कोल्वुङ स्वास्थ्य चौकीमा ल्याएर निःशुल्क अपरेसन गरिने स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।

शल्यक्रिया गर्नु पर्नेहरुको लागि निःशुल्क यातायातको ब्यवस्था समेत गाउँपालिकाले गरेको छ । शल्यक्रिया गरिनेहरु मोतिबिन्दु र आँखामा बोसो जमेका मासु पलाएको रहेका छन् । जसमा वडा न १ मा १७ जना,वडा न २मा ४० ,वडा न ३ मा २०,वडा न ४ मा २६ वडा न ५ का ३५ वडा न ६ का ४१ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार