Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ओखलढुंगा जिल्ला समन्वय समितिमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

ओखलढुंगा जिल्ला समन्वय समितिमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २ २०८१


ओखलढुंगा जिल्ला समन्वय समितिमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन—२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । सो पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सहयोग गरेको भन्दै कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ ।

निर्वाचन आयोगले भने उनी निर्विरोध भएको औपचारिक रुपमा घोषणा गरिसकेको छैन । आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसको तर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन् । एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् ।

जिससका मतदाता नै पालिका प्रमुख र उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको गत २०८० असोज १४ गते त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । उनी दुई वर्षदेखि प्यान्क्रियाजको क्यान्सर रोगबाट पीडित थिए । आइतबार स्थानीय तह उपनिर्वाचनका लागि ४४ स्थानमा मनोनयन दर्ता गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार