Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

खाध्यबाली छोडेर अलैची खेतीमा आकर्षित छन्, किसान

खाध्यबाली छोडेर अलैची खेतीमा आकर्षित छन्, किसान

  • सुजन तिमल्सिना 
  • शनिबार, मंसिर १ २०८१


खाध्यबाली छोडेर अलैची खेतीमा आकर्षित छन्, किसान

इलाम । अलैँचीको मुल्य वृद्धि र बजारको सुनिश्चितता गर्दा इलामका किसानले खाध्यबाली छोडेर अलैँची खेती थालेका छन् । अन्तराष्ट्रिय बजारमा निर्यात हुने अलैँचीको आम्दानी खाध्यबालीको तुलनामा १० गुणा बढी भएकाले किसान अलैँची खेतीमा आकर्षिक भएका हुन् ।
खाध्यबाली हुने पाटाबारीमा सन्दकपुर २ का लक्ष्मीभक्त मिश्रले अलैँची खेती गरेको ५ वर्ष भयो । ५ रोपनी जग्गामा धान, मकै र कोदो खेती गर्दा मिश्रले २० हजार बढी आम्दानी गर्न सकेका थिएनन् । तर अहिले अलैची खेतीबाट ३ लाख आम्दानी गर्न सफल भएका छन् । विश्व बजारमा उच्च माग हुने अलैची रोपण गरि मिश्रले अहिले ३ मन बढी सुख्खा अलैची बिक्रि गरेका हुन् । एक मन अलैचीमा ४० किलो हुन्छ । रोङ गाउँपालिका ६ का याम अधिकारी अहिले अलैँची खेती बिस्तारमा छन् । खाध्यबाली उत्पादन जग्गामा अधिकारीले हरेक वर्ष अलैँची खेती बिस्तार गर्दै आएका हुन् ।
राम्रो आम्दानी भएपछि किसान अहिले अलैँची खेतीमा आकर्षति भएका हुन् । अलैँचीलाई खोल्साको कालो सुन भनिन्छ । अलैँची अहिले प्रतिमन ९५ हजार खरिदबिक्रि हुँदैछ । खाध्यबालीको तुलनामा अलैचीको आम्दानी १० गुणासम्म हुने गरेकाले अलैची खेतीमा आकर्षण बढेको किसान गिरिराज खनालले बताए ।
अलैँची खेती गर्दा श्रमशक्ति कम लाग्छ । अलैची रोपेपछि गोडमेल, सिचाई र टिपाई मात्रै गर्नुपर्छ । अलैँची टिपाई गरेपछि छोडाउने र भट्टिमा सुकाउन धेरै खर्च हुँदैन । अलैँची खेती गर्दा बिषादीको प्रयोग नहुने भएकाले स्वास्थमा असर नहुने अलैची विकास केन्द्रका प्रमुख राजन परियाले बताए ।
एक मन अलैंची बिक्रिबाट आएको आम्दानीले वर्षभरि पुग्ने चामल किन्न सकिने र बाँकी रकम बचत हुँदा किसान अलैँची खेतीमा आकर्षित छन् । विश्व बजारमा अलैँचीको माग बढ्दै जानु र बजारको समस्या नहुँदा किसानको मुख्य आम्दानीको श्रोत भएको छ । इलाममा वार्षिक ५ सय ७६ मेट्रिक टन अलैँची उत्पादन हुने इलाममा १ हजार ६ सय हेक्टर क्षेत्रफलमा खेती हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार