Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

  • सन्देश सम्बाददाता
  • शनिबार, मंसिर १ २०८१


काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ ।

सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा डा शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार