फिक्कल । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बरालले जित नजिक पुगेका छन् । कुल खसेको ५५१ मत मध्ये ४ सय मत गणना हुँदा बरालले १३९ मतको अग्रता बनाएका छन् । उनले २६९ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी नरेन्द्रनाथ भट्टराईले १३० मत प्राप्त गरे । बराललाई जितका लागि १५१ मध्ये २१ मत प्राप्त गरे मात्र पुग्छ ।
उपाध्यक्षमा उदय बहादुुर राईले अग्रता बनाएका छन् । राईले १६८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी उमेश गुरुङले १३५ मत प्राप्त गरे । उपाध्यक्षमा बुद्धि खनालले ९१ मत प्राप्त गरे । सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) ले २०७ मत प्राप्त गरे । उनलाई १७९ मतका साथ प्रकाश अधिकारीले पछ्याइरहेका छन् । उपसचिव पुरुषमा रमेश राईले अग्रता बनाएका छन् । उनले ११९ मत प्राप्त गर्दा छवि श्रेष्ठले ११५ मत प्राप्त गरे ।
त्यसैगरी उपसचिवमा याम बहादुर राईले ८१ र मानविर लुहागुनले ४० मत प्राप्त गरे । उपसचिव महिलामा दिलकुमारी लावती (दिलु योङहाङ लावती) ले २०८ मत प्राप्त गर्दा विष्णुमाया रिमाल (आचार्य) ले १५२ मत प्राप्त गरिन् । कुल खसेको मत मध्ये अब १८१ मत गणना गर्न बाँकी छ ।
*यसअघि तथ्यांकमा गडबडी भएकाले सच्याइएको छ