फिक्कल । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बरालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ३ सय मत गणना हुँदा बरालले ९३ मतको अग्रता बनाएका छन् । उनले १९६ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी नरेन्द्रनाथ भट्टराईले १०३ मत प्राप्त गरे । उपाध्यक्षमा उदय बहादुुर राईले अग्रता बनाएका छन् । राईले १२६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी उमेश गुरुङले ९७ मत प्राप्त गरे ।
उपाध्यक्षमा बुद्धि खनालले ७२ मत प्राप्त गरे । सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) ले १५१ मत प्राप्त गर्दा प्रकाश अधिकारीले १३९ मत प्राप्त गरे । उपसचिव पुरुषमा रमेशकुमार राईले अग्रता बनाएका छन् । उनले ९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी छवि श्रेष्ठले ८६ मत प्राप्त गरे । त्यसैगरी उपसचिवमा याम बहादुर राईले ६१ र मानविर लुहागुनले ३० मत प्राप्त गरे ।
उपसचिव महिलामा दिलकुमारी लावती (दिलु योङहाङ लावती) ले १५४ मत प्राप्त गर्दा विष्णुमाया रिमाल (आचार्य) ले ११२ मत प्राप्त गरिन् ।