फिक्कल । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बरालले अग्रता बनाएका छन् । १ सय ५० मत गणना हुँदा बरालले १०३ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नरेन्द्रनाथ भट्टराईले ४७ मत प्राप्त गरे । उपाध्यक्षमा उदय बहादुुर राईले अग्रता बनाएका छन् । राईले ७० मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी बुद्धि खनालले ४० मत प्राप्त गरे ।
उपाध्यक्षमा उमेश गुरुङले ३७ मत प्राप्त गरे । सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) ले ७३ मत प्राप्त गर्दा प्रकाश अधिकारीले ७१ मत प्राप्त गरे । उपसचिव पुरुषमा रमेशकुमार राईले अग्रता बनाएका छन् । उनले ४७ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी छवि श्रेष्ठले ४४ मत प्राप्त गरे । त्यसैगरी उपसचिवमा याम बहादुर राईले ३१ र मानविर लुहागुनले १३ मत प्राप्त गरे ।
उपसचिव महिलामा दिलकुमारी लावती (दिलु योङहाङ लावती) ले ८३ मत प्राप्त गर्दा विष्णुमाया रिमाल (आचार्य) ले ४७ मत प्राप्त गरिन् ।