इलाम । नेकपा (एमाले) इलाम जिल्ला कमिटीको जारी ११औं अधिवेशनमा विभिन्न उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राति अबेर सार्वजनिक भएको उम्मेदवारको विवरणअुनसार एक अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराईले मनोनयन दर्ता गराएका छन् । एक उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनाल, सचिवमा रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराए ।
एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती (दिलु योङहाङ लावती) , यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । निर्वाचन केहीबेरपछि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।