रोङ । इलामको रोङ गाउँपालिका–६ रम्भ्याङमा रहेको सरस्वती माविले देउसीभैलोबाट संकलित रकमले मन्दिर निर्माण गर्ने भएको छ । विद्यालयले देउसी दानबाट संकलित १ लाख १ हजार ४४७ रुपैया संकलन गरेको छ । दानसंगै विद्यालयले निर्माण सामाग्री समेत प्राप्त गरेको प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिए ।
५ हजार भन्दा माथि दान गर्ने दाताहरुको नाम शिलालेखमा राखिने उनले बताए । मन्दिर निर्माणको लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सरोकारवालाहरुले मन्दिर निर्माणस्थलको छनौट गरि अपुग रकम रोङ गाउँपालिकालाई लागत साझेदारी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
साथै स्वेच्छिक दाता, पूर्व विद्यार्थी, पूर्व शिक्षकहरुसंग सहयोगको अनुरोध समेत गरिने भएको छ । आगामी बसन्त पञ्चमीमा उद्धघाटन गर्ने लक्ष्य सहित मन्दिर निर्माण प्रक्रिया अघि बढाइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम साम्पाङले जानकारी दिए ।